शम्भुलाल श्रेष्ठ, अध्यक्ष

शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा आधुनिक र ब्यबस्थित जिवनयापनमा सहयोग पुर्याउने उदेश्यलाई पुरा गर्न हातमा हात मिलाउदै सहकारीको मर्म र निति नियमको अबलंबन गर्दै संकलित पुँजीलाई उत्पादनशिल क्षेत्रमा लगानी गरि सदस्यहरुको आर्थिक तथा सामाजिक रुपमान्तरण गर्न मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना गरिएको हो । राज्यका प्रयासहरु आर्थिक र सामाजिक रुपन्तरणमा केन्द्रित हुदै आएता पनि राजनितिक हस्तक्षेप आदि बाट समस्या ग्रस्त छन् । नेपालको संविधानले सहकारी क्षेत्रलाई आर्थिक र सामाजिक रुपान्तरणको खम्बा मानेको छ । सहकारीको मर्म, भावना, सिद्धान्त र मुल्य मान्यता अङ्गिकार गरी नीति, कार्यक्रम योजना तर्जुमा गरी सबै वर्ग, तह र क्षेत्रलाई समेटी आर्थिक सम्वृद्धि, सामाजिक एकिकरण र सद्भाव एवं सांस्कृतिक जगेर्ना तथा संरक्षण, सिप विकास र उद्यमशिलता तर्फ लाग्न उत्प्रेरित गर्दै प्रतिस्पर्धी गुणस्तरीय सेवा मार्फत सदस्यहरुको दक्षता र क्षमता अभिबृद्धि गरी आर्थिक, नैतिक तथा सामाजिक विकासका साथै गुणस्तरीय जीवनयापनलाई सहज बनाउन सहकारी वित्तीय सेवा प्रदान गरी सम्बृद्ध र समुन्नत समाज निर्माण गर्ने दृढ संकल्पका साथ सहकारी अभियानमा यस मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि. समर्पित भई सदस्यहरुको पूर्ण प्रजातान्त्रिक हक अधिकार सुनिश्चित हुने अवसर प्रदान गर्दै विभिन्न गतिविधि संचालन गरिरहेको छ ।